मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पारसको स्वास्थ्य सुधारउन्मुख, बोल्न र खान सक्ने भए



काठमाडौं माघ, १६–
हृदयाघातपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। अनुसार पूर्वयुवराज शाह बोल्न र आफैं खाना खान सक्ने भएको नर्भिक अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार मंगलबार लिइएका सबै रिपोर्टहरू सकारात्मक छन्। बुधबार बिहानको रिपोर्ट भने आइसकेको छैन।

‘हिजोको रिपोर्ट र त्यसयता भएको सुधारको अवस्था हेर्दा उहाँ सम्भवतः आज या भोलि सिसियुबाट वार्डमा सिफ्ट हुनुनुहेछ,’ अस्पतालका सूचना अधिकारी आरपी मैनालीले भने।

उनी आफैं हिँड्न पनि सक्ने भएको तर सिसियु वार्डमा हिँड्न रोक रहेको मैनालीले बताए। बुधबार बिहान रगतको नमूना, इसिजी, इको, मुटुका रत्तनलीहरूको परीक्षण लिइएको छ। सोको रिपोर्ट आइसकेको छैन।

शाह सोमबार अपराह्न सवा ४ बजे हृदयाघात भई नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका थिए। उनको उपचारमा डा। यादवदेव भट्टलगायतको चिकित्सक समूह सक्रिय छ। शाहले यसअघि दुई पटक हृदयाघातको सामना गरिसकेका छन्।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ५ : २९ बजे