मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से आज पनि ओरालो लयमा



काठमाडौ माघ, १६–
नेप्से पुुन घटेको छ । आज मंगलबार नेप्से घट्दा कमाउने भन्दा गुुमाउने समुह धेरै देखिएकाछन भने कारोबार रकम पनि अघिल्ला दिनहरुको तुुलनामा घटेको छ । नेप्से आज शुन्य दशमलव चार अंकले घटेर ११ सय ६० दशमलव ५९ अंकमा पुुगे पनि सेन्सिटिभ भने शुन्य दशमलव २८ अंकले बढेर दुुई सय ४६ दशमलव ७५ अंकमा पुुगेको छ । एक सय ६८ कम्पनीहरुको चार हजार छ सय वटा कारोबारमा पाँच लाख ७२ हजार सात सय ७५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम १९ करोड २० लाख ९४ हजार चार सय ९२ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएको पाँच वटा समुहले कमाउँदा छ वटा समुहले गुमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको कारोबार सुचक एक दशमलव ५५ अंकले बढेर नौ सय ८८ दशमलव एक अंंकमा पुुगेको छ । लघुुबित्त समुहको सुचक पनि पाँच दशमलव ३१ अंकले बढेर १४ सय ४१ दशमलव ९१ अंकमा पुुगेको छ । यसैगरी होटल, अन्य र ट्रेडिङ पनि आज कमाउने समुहमा परेकाछन् । गुुमाउने समुहमा परेको बिकास बैंक समुहको सुचक भने सात दशमलव सात अंकले घटेर १४ सय ४७ दशमलव ८७ अंकमा झरेको छ । यि बाहेक जलविद्युुत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र उत्पादनमुुलक समुह पनि गुमाउने समुहमा परेकाछन् ।
आज कमाउने कम्पनीहरुको सुचीमा उन्नती माईक्रो फाईनान्स बित्तीय संस्था, सामुुदायिक लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा सिटी एक्सप्रेस फाईनान्स, युनिलिभर नेपाल लिमिटेड आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने नागरिक लगानी कोष, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि अगाडि परेकाछन् ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  १० : १७ बजे