मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साताको अन्तिम कारोबार दिन नेप्से बढ्यो



काठमाडौ माघ, १७–
साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से बढेको छ । नेप्सेमा आज ११ वटा समुहको कारोबार भएकोमा गुुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन् । सोही आधारमा आज नेप्से एक दशमलव चार अंकले बढेर ११ सय ६१ दशमलव ६३ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दशमलव शुन्य पाँच अंकले बढेर दुुई सय ४६ दशमलव ८० अंकमा पुुगेको छ । आज एक सय ६८ कम्पनीहरुको पाँच हजार तीन सय १३ वटा कारोबारमा नौ लाख सात हजार तीन सय १४ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोेबार रकम २७ करोड ३३ लाख ८७ हजार चार सय ४३ रुपैया पुुगेको छ ।
आज कारोबार भएका समुह मध्ये वाणिज्य बैक समुहको सुचक एक दशमलव १३ अंकले बढेर नौ सय ८९ दशमलव १४ अंकमा पुुगेको छ । यसैगरी बिकास बैंक समुहको सुचक पनि आज पाँच दशमलव २७ अंकले बढेर १४ सय ५३ दशमलव १४ अंकमा पुुग्दा होटल समुहको सुचक एक दशमलव ५९ अंकले बढेर १७ सय २७ दशमलव ८७ अंकमा पुुगेको छ । लघुुबित्त, उत्पादनमुुलक र अन्य समुह पनि आज कमाउने समुहमा परेकाछन् । आज गुुमाउने समुहमा परेको जलबिद्युुत समुहको सुचक शुन्य दशमलव ६९ अंकले घटेर १२ सय १८ दशमलव ८० अंकमा पुुगेको छ । निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ र फाईनान्स पनि आज गुमाउने समुहमा परेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज चौतारी लघुबित्त बित्तीय संस्था, पुुर्णिमा बिकास बैंक आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा सिटी एक्सप्रेस फाईनान्स, सानिमा ईक्विटी फण्ड आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने आज नागरिक लगानी कोष, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड आदि परेकाछन् ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  १० : ०९ बजे