मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुर्मुस–सुन्तलीले रंगशाला बनाउने जग्गा नै विवादित



काठमाडौं माघ, १८–सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र उक्त महानगरबीच रङ्गशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  २ : २० बजे