मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोनाम ल्होछार मनाउँदै तामाङ समुदाय



काठमाडौं माघ, २२–
आज सोनाम ल्होछार तामाङ समुदायले नयाँ वर्षको पर्वको रुपमा मनाउँदैछन् । प्रदेश ३ सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा समेत दिएको छ । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।
सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो ।

चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि तामाङ समुदायले कुकुर वर्षलाई विदाई गरी सुँगुर वर्षलाई स्वागत गरेका छन् । यो २८५५ औं सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।

हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।

ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागीता रहने छ ।

बिहान ११ बजे शान्तिबाटिका रत्नपार्कबाट निकालिने झाँकीसहितको ¥याली दिउँसो १ बजे टुँडिखेलमा पुगेर सभामा परिणत हुने ल्होछार मूल समारोह समितिका संयोजक नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।

ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र बिभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ४ : ५६ बजे