प्रधानसेनापति थापालाई भेट्न बेलायती सेना प्रमुख जंगी अड्डामा



काठमाडौं माघ, २३–
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले भेट गरेका छन् । बुधबार जंगी अड्डा पुगेर बेलायती सेना प्रमुख डुंक्यानले प्रधानसेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् ।
जंगी अड्डाका अनुसार भेटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ७ : ४७ बजे