मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केही जिल्लाका डिएसपीको अदलबदल, दार्चुलामा रिजाल र म्याग्दीमा मरासिनी



काठमाडौं माघ, २८–
सोमबार प्रहरी प्रधान कार्यालयले केही डिएसपीको काज सरुवा गरेको छ । जसअनुसार म्याग्दी र दार्चुला जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । म्याग्दीमा महेन्द्र मरासिनी तथा दार्चुलामा भेषराज रिजालको सरुवा भएको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत दरबारमार्ग र वडा प्रहरी कार्यालय बैदामका प्रमुखलाई पनि फेरबदल गरेको छ । दरबारमार्गमा बिनोद घिमिरे तथा बैदाममा कोमल शाहलाई सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १ : ५६ बजे