मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि घट्दो लयमा नेप्से



काठमाडौं माघ, २९–
अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पुुन घटेको छ । आज नेप्से शुुन्य दशमलव ६७ अंकले घटेर ११ सय २८ दशमलव १९ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव दुुई अंंकले घटेर दुुई सय ४० दशमलव २० अंकमा पुुगेको छ । आज एक सय ६४ कम्पनीहरुको चार हजार एक सय १९ वटा कारोबारमा आठ लाख ४६ हजार सात सय ८० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर रकम १९ करोड ४१ लाख ५९ हजार नौ सय ६५ रुपैयाँ पुुगेको छ ।
आज नेप्सेमा ११ वटा समुहको कारोबार हुँदा छ वटा समुुहले कमाउँदा पाँच वटा समुहले गुमाएकाछन् । यि मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ४७ अंकले घटेर नौ सय ६७ दशमलव ५५ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक आठ दसमलव १४ अंकले घटेर १४ सय २७ दशमलव ८५ अंकमा ओर्लिएको छ । लघुुबित्त, होटल र अन्य समुहको सुचक पनि आज उच्च अंकेल घटेकाछन् । जलबिद्युुतस समुहको सुचक भने पाँच दशमलव ७१ अंकले बढेर ११ सय ५२ दशमलव १० अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि १४ दशमलव ४५ अंकले बढेर पाँच हजार चार सस दुुई दशमलव ४५ अंकमा पुुगेको छ । फाईनान्स, जीवन बीमा, ट्रेडिङ र उत्पादनमुुलक समुहको सुचक पनि उच्च अंकले बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज जेविल्स फाईनान्स, चौतारी लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा महालक्ष्मी बिकास बैंक, खानी खोला हाईड्रो पावर कम्पनी आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज प्रभुु बैंकको (संस्थापक) सेयर, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ५५ बजे