अदालत परिसरबाट हत्कडीसहित भागेका दमाईलाई गोली हानेर पक्राउ



कैलाली फागुन, १–
हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । गत सोमबार कैलाली जिल्ला अदालत परिसरबाट फरार दमाई बलात्कारको अभियोगमा पक्राउ परेका थिए । लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।

कैलाली प्रहरीका अनुसार उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर पक्राउ गरिएको हो ।

खुट्टामा गोली लागेका दमाईलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  ६ : ३९ बजे