कञ्चनपुर फागुन, २–
प्रहरीले कञ्चनपुरमा १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले पुनर्वासबाट १८ किलो सुन बरामद गरेको हो ।
कैलाली प्रहरीका अनुसा पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा लुकाएर राखेको अवस्थामा उक्त सुन बरामद गरिएको हो ।
प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले जानकारी गराए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सुदिप गिरीको नेतृत्वमा सिआइबी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलिले सुन बरामद गरेको हो । सुदुरपश्चिम प्रदेशमै पहिलो पटक ठूलो परिणाममा सुन बरामद गरिए पनि कहाँबाट ल्याइएको हो रहस्य खुल्न सकेको छैन । शंकर बिकको घरमा कसले कहाँबाट सुन ल्याइएको हो सो बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बमले बताए ।
बिशेष सुचनाका आधारमा प्रहरीले ठूलो परिणाममा सुन बरामद गर्न सफलता पाए पनि अहिलेसम्म सुन काण्डमा संलग्न कसैलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । १८ किलो सुन लुकाएर राखिएको घरका मुलि शंकर बिक प्रहरीले छापा मार्दा फरार भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक बमले बताए ।
भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बास क्षेत्र बाट लागू औषध ओसारपसारका घटना सार्वजनिक हुँदै आए पनि प्रहरीले ठूलो परिणाममा सुन बरामद गरेको पछिल्लो घटना पछि अपराधको ट्रान्जिट बन्न पुगेको छ ।








