कोठा भाडा तिर्न नसक्दा शौचालयको बास



म्याग्दी फागुन, ६–
बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् । सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्दा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगबिहीन शौचालय उनीहरुको घर बनेको नयाँ पत्रिकामा समाचार छ ।

दुई वर्षदेखि हेरचाह

कान्छा छोरा राजु दोस्रो बिहे गरेर बेखबर भएपछि नौ वर्षीय एनस र सात वर्षीय सिमसन दुई नातिलाई दुई वर्षदेखि आफैँले हेर्ने गरेको जमुनाले बताइन् । बाबा र आमाले नै दोस्रो विवााह गरेर छोराहरुलाई अलपत्र पारेपछि नातिहरुको हुर्काइ पढाई आफ्नो काँधमा आएको उनको भनाई छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  २ : ५० बजे