मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा भिषण पहिरो



काठमाडौ फागुन, १२–
साताको सुरुवाती कारोबार दिन आईतबार नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज १० दशमलव ७५ अंकले घटेर ११ सय दुई दशमलव ३२ अंकमा पुग्दा सेन्सिटिभ दुई दशमलव ४२ अंंकले घटेर दुई सय ३४ दशमलव १८ अंकमा झरेको छ । आज एक सय ६६ कम्पनीहरुको छ हजार तीन सय ५६ वटा कारोबारमा छ लाख ९८ हजार पाँच सय ४२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २० करोड ९९ लाख ९७ हजार पाँच सय ६९ रुपैयाँ पुगेको छ ।
आज १० वटा समुहको कारोबार नौ वटा समुहले गुमाएकाछन् भने उत्पादनमुुलक समुहले कमाएको छ । गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक नौ दशमलव एक अंकले घटेर नौ सय ४४ दशमलव २७ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि नौ दशमलव ३२ अंकले घटेर ११ सय आठ दशमलव ५१ अंंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल, अन्य र लघुबित्त समुहको कारोबार सुचक पनि उच्च अंकले घटेर रातै भएकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज युनिलिभर नेपाल लिमिटेड, एनएमबी हाईड्रो फण्ड—१ आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा किसान माईक्रो फाईनान्स बित्तीय संस्था, भार्गभ बिकास बैक आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने आज एनआईसी एशिया बैंक, नबिल बैैंक आदि परेकाछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : ५२ बजे