मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो



काठमाडौं फागुन, १६–
बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याइएको छ । केहीबेर अघि शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

बाँकी शव बिहीबार विहान ल्याइएको हो । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ७ : ५२ बजे