इरानमाथी हमला गर्ने देशलाई युद्ध मैदान बनाउने ईरानी सेना कमाण्डरको चेतावनी



तेहरान, एएफपी-

ईरानी सेनाका कमाण्डर  हुसैन सलामीले इरानमाथी हमला गर्ने देशलाई युद्धको मैदान बनाउने चेतावनी दीएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानी रिभोल्युनशनरी गार्डका कमाण्डर सलामिले कुनै पनि देशले इरानमाथी युद्दको युद्दको योजना बनाए युद्धको परिणाम भोग्न पनि तयार हुनुपर्ने चेतावनी दिएका हुन ।पत्रकार सम्मेलनमा उनले भने कसैको चाहना यदी युद्दनै हो भने तयारी थाले हुन्छ, इरान तयार छ ।साथै उनले इरानलाई युद्द भुमी बन्न नदिन आफुहरुले सक्दो कोशीश गर्ने पनि बताए ।

खाडी क्षेत्रमा थप अमेरिकि सैनिक परिचालन गर्ने अमेरिकी सरकारले आजै सार्बजनिक गरेको महत्वपुर्ण रणनितिक निर्णय पछिको प्रतिक्रीया स्वरुप इरानी सेनका कमाण्डरको एस्तो प्रतिक्रीया आएको हो ।

साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछिको सुरक्षा  अवस्थालाई लिएर अमेरिकाले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स सहित खाडी क्षेत्रमा अमेरिकि सैनिक थप्ने निर्णय गरेको हो । सऊदी अरब र यूएई सरकारको आग्रह पछी अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने निर्णय गरेको बताइएको  छ ।खाडी क्षेत्रमा थप अमेरिकी सैनिका पठाउन राष्ट्रपती ट्रम्पले स्विकृती दिइसकेको भए पनि युद्दको सम्भाबनालाई भने राष्ट्रपती ट्रम्पले अस्विकार गरेको र  खाडी क्षेत्रमा खिटिने थप अमेरिकि सेनाले त्यस क्षेत्रको हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने ह्वाइट हाउसको निती रहेको समाचारहरुमा जनाइएको छ ।

इरानसग २०१५ मा भएको बहुपक्षीय आणविक सम्झौतालाई अमेरिकी राष्ट्रपति ट्रम्पले गत बर्ष एकाएक खारेज गरेपछी इरान र अमेरिका बिचको सम्बन्ध तनाबपुर्ण बनेको थियो भने केहि समय सम्म दुइ देश युद्दको नजिकै पुगिसकेको अनुमान लगाइएको थियो ।  इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि  इरानविरुद्ध  तत्काल कारबाही गर्न राष्ट्रपति ट्रम्पले दिएको आदेश अन्तिम क्षणमा  फिर्ता लिए पछी त्यस क्षेत्रको सम्भाबित युद्द टरेको थियो । अमेरिकि राश्ट्रपती ट्रम्पले त्यसएता इरानविरुद्ध थप कडा आर्थीक प्रतिबन्धहरु घोषणा गरिरहेका छन ।

गत हप्ता मात्रै साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिका लगायत अन्य खाडी राष्ट्रहरुले उक्त आक्रमणको दोश इरानमाथी लगाएका छन ।तेल प्रशोधन केन्द्रहरुमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको उनिहरुको दाबी सगै अमेरिका सहित अन्य खाडी राष्ट्र र इरान बिचको सम्बन्ध थप तनाबपुर्ण बनेको छ ।

यस सम्बन्धी  थप समाचार –

साउदीका तेल भण्डारमा ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्य बढ्यो : विश्वव्यापी असर पर्ने

साउदी अरेबियाका तेल खानीहरुमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी

तेल प्रशोधन केन्द्रहरुमा ड्रोन आक्रमण पछी साउदी अरेबियाले तेल उत्पादन घटायो

 

अमेरिकाद्वारा इरानमाथी साइबर हमला : सोमबारबाट इरानमाथी थप प्रतिबन्ध लगाउने तयारी

अमेरिका पछी हट्यो : विनाशर्त इरानसँग बार्ता गर्न तयार

अमेरिका-इरान बिच सैन्य तनाब बढे पछी अरब लिगको आपत्कालिन बैठक बस्दै

अमेरिकाले लगायो इरानबाट धातु निर्यातमा प्रतिबन्ध : दुइ देश बिच थप तनाब बढ्न सक्ने

प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार  १० : ४७ बजे