मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार र चिनको बुहानमा अलपत्र नेपाली



चिनको बुहानमा कोरोना भाइरस जोखिममा परेका नेपालीलाइ उद्दार गर्ने तत्परता नदेखाएर सरकारले पुन : आफुलाई नागरिक प्रती गैह्र जिम्मेवार साबित गरेको छ ।

बुहानमा बस्ने अरू देशका नागरिकहरूलाई उद्धार गरेर उनिहरुको देश फिर्ता लागिसकिएको छ, नेपालका छिमेकि भारत,पाकिस्तान्, बंगलादेश श्रीलंका लगायत देशरुले पनि बुहानबाट आफ्ना नागरिखरुको उद्दार गरी सकेका छन तर नेपालिहरु भने अझै पनि त्रासपुर्ण अवस्थामा सरकारी उद्दारको प्रतिक्षामा बसेका छन ।यस्तो अवस्थामा आफ्ना नागरिकरुको उद्दारमा तत्परता र तदारुकता नदेखाउने सरकारलाई नागरिकले आफ्नो सरकार ठान्ने अवस्था रहदैन ।

कुनै पनि राज्य भनेको नागरिकहरुको अभिभाबक पनि हो , विपत्तिमा परेका बेला नागरिकले गुहार मागिसकेपछि पनि उद्धारका लागि यथाशिघ्रा तत्परता नदेखाउने हो भने राज्य हुनुकोको कुनै अर्थ र अनुभुती हुँदैन,शायद चिनमा अलपत्र परेर राज्यसग गुहार मागिरहेका नेपालिहरु र तीनका परिवारहरुलाई यतिबेला राज्यप्रती यस्तै अनुभुती भइरहेको होला ।अरु सबै देशले आ- आफ्ना नागरिकहरुलाई उद्दार गरी सक्दा उद्दारको पर्खाइमा बसेका नेपालिहरु शायद आफुलाई शरणार्थी ठान्न थालिसके होला ।

वुहानमा अध्ययन र कामका सिलसिलामा पुगेका नेपालीहरू कोरोना महामारीका कारण त्रसित भएर बाच्न बाध्य भइरहेको बेला केहि दिन अघी मात्रै सरकारका प्रधानमन्त्री केपी शर्मा ओलि र सत्तारुढ शिर्ष नेताहरु बाजागाजा बजाउदै नाचगानमा रमाइ रहेको तस्बिर सार्बजनिक भएको थियो ।देश अनेकौ समस्याहरुले आक्रान्त बनेको र बिदेशी भुमिमा पुगेका नेपालीहरू कोरोना महामारीका कारण त्रसित भएर बाच्न बाध्य भइरहेको बेला बालुवाटारमा के को खुशियालिमा नाचगानको आयोजना गरिएको हो नागरिकहरुलाई ठम्याउन मुश्किल परेको छ ।

बुहानमा बस्ने नेपालिहरुले राज्यसगा गुहार मागेको समाचार अन्तर्‍आष्ट्रीय सञ्चारहरुमार्फत संसारभर पुगिसकेको छ, यती हुँदा सम्म पनि उनिहरुको तत्काल उद्दार नहुनु साच्चिकै दुर्भाग्यपूर्ण हो ।यस्तो परिस्थितिको तत्काल अन्त्य होस र चिनमा अलपत्र परेका नेपालिहरुलाई सरकारले ढिला नगरिकन तत्काल उद्दर गरोस ।

राज्यले चाहेमा थोरै सङ्ख्यामा रहेका आफ्ना नागरिक हरुलाई उद्दर गर्न नसक्ने हुँदैन,त्यसैले सरकारले तत्काल उनिहरुलाई नेपाल ल्याएर सुरक्षित स्वास्थ्य जाच र आवाश्यक उपचारको प्रबन्धा मिलाओस र नागरिकहरुलाई राज्य हुनुको अनुभुती गराओस , सरकारको ध्यानाकर्षण होस ।

 

 

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : १५ बजे