मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको नाममा कमाउ धन्दा नचलोस !



कोरोना सङ्क्रमणले यतिखेर पुरै बिश्वलाइ प्रभाबित बनाएको छ ।कयौ शक्तिशाली र सम्पन्न देशहरुलाई समेत भाइरसको सङ्क्रमणले आक्रान्त र कमजोर बनाएको छ । कुनै पूर्व तयारी बिना महामारिको सामना गर्नुपर्दा उपलब्ध श्रोत साधन र जनशाक्तिले नधान्ने अवस्था आइलागेको छ ।सङ्क्रमित सबैलाई उपचारको प्रबन्ध मिलाउन र सम्भाबित सङ्क्रमितहरु सबैको परिक्षणको ब्यबस्था मिलाउन अहिले बिश्वभरीनै युद्धा स्तरमा काम भइरहेको छ,यो नै तत्कालको पहिलो प्राथमिकता बनेको छ ।

अहिले भाइरस सङ्क्रमणका कारण बिश्वको अर्थतन्त्र नै धरासायी बन्ने खतरा बढीरहेको छ ।मनबिय क्षतिको पिडा त छदैछ, त्यसमाथी अर्थतन्त्र धरासायी हुँदा त्यसबाट पर्ने असरले झनै ठुलो मानबिय समुहलाई पर्न जाने समस्याबाट कसरी बचाउने भन्ने अहिलेको सबै भन्दा ठुलो चुनौती बनेको छ ।

नेपाल जस्ता सुशासनको अवस्था नाजुक भएका देशहरुमा कोरोनासग लड्नका लागी सरकारी साधन श्रोतको खर्च गर्दा त्यसमा हुन सक्ने अनिमियतताले भबिष्यमा आउन सक्ने आर्थीक सङ्कटलाई अझै बढाउने र सङ्कटको बेला सरकारलाई सहयोगा गर्न चाहनेहरुलाई सहयोग गर्न पनि निरुत्साहन पैदा हुने अवस्था आउने नयाँ खतरा उत्पन्न भएको छ ।

कुनै पूर्व तयारी बिना महामारिको सामना गर्नुपर्दा उपलब्ध श्रोत साधन र जनशाक्तिले नधान्ने अवस्था आउनु स्वभाबिकै हो ।त्यो अवस्थामा सरकारी खरिद्,अत्यावश्यक राहत र स्वास्थ्य क्षमता बढाउन गरिने खर्चकालागी बिधमान कानुनी प्राबधान अनुसार गर्दा ढिलो हुने र छिटो बाटोबाट बिना प्रतिस्पर्धा र अपारदर्शी ढङ्गले खर्च गर्दा भ्राष्टाचार हुन सक्ने सम्भाबना बढ्दै गएको देखिन्छ ।

भर्खरै मात्र नेपाल सरकारले चीनबाट कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको भन्ने समाचारहरु सार्बजनिक भएका छन ।सरकारले किनेका स्वास्थ्य उपकरणको मूल्य अहिलेको बजार भाउभन्दा दशौं गुणा महंगो पाइएको र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठक नै राखेर कसरी कमिसन आउछ भन्ने तय गरिसकेर मात्रै खरिद निर्णय गराएको बिभिन्न सञ्चारमाध्यमहरुले  सार्बजनिक गरेका छन । उक्त समाचारहरुका प्रती बिगतका कमिसन र अनिमियतताकाण्डहरुमा जस्तै सरकारले सामान्य खण्डन मात्रै गरेको छ ।भ्रष्टाचार,चर्को कमिसन र अनिमियतताका काण्डहरु सार्बजनिक हुने तर कसैमाथी छानबिन नहुने परिपाटिले सुसाशनको अवस्थालाई सच्चिकै दयनिय बनाएको बेलामा भ्रष्टाचार नभएको भन्ने सरकारको सामान्य दाबिकै भरमा भ्राष्टाचार भएको छैन भनेर नागरिकले पत्याइदिनुपर्ने अवस्था रहदैन ।

ज्यान लिने भाइरसको सङ्क्रमणले बिश्वलाइनै आतङ्कित बनाइरहेको र नेपालले पनि अत्यन्त असहज अवस्था झेलीरहेको बेलामा यदी कसैले मौकामा चौका हान्न खोज्छ भने निश्चयनै त्यो माफी योग्य हुनुहुँदैन ।देशमा लक डाउनले गर्दा हिडडुलको अवस्था छैन,कयौ नागरिकहरु बेदेशमा भएका आफन्तहरुको चिन्ताको चपेटामा परेका छन्, देश बाहिर लाखौ नागरिकहरु अलपत्र छन, देश भित्रै मजदुरी गर्नेहरुको चुलो चौको बन्द हुने खतरा छ । यस्तो सङ्कटको बेलामा समेत सरकार र सरकारी अधिकारीहरु भ्रष्टाचार,अनिमियतता र कमिसनको खेलबाट बाहिर आउन सक्दैनन भने त्यो खेदपुर्ण छ ।

सरकारले चीनबाट कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको भनेर लागेको आरोपको बारेमा छनबिन होस ।भ्रष्टाचार भएको भए कार्बाही होस र  देश र देशबासिहरु सङ्कटमा पर्दा सरकारले के गर्नुपर्ने हो ?आफ्नो प्राथमिकता पहिल्याओस्, हाम्रो आग्रह छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : ४७ बजे