मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता दुरुपयोगको बिपक्षमा उभिन अब ढिला नगरौ



देश लामो समय राजनिक अस्थिरताबाट गुज्रीएको अवस्थामा जनताको बहुमतबाट बनेको बर्तमान स्थिर सरकारले पनि अन्तत: देशमा बिधमान रहेका समस्याहरु समाधान गर्नुको सट्टा खुलेआम भ्रष्टाचारमा सम्लग्न भएर बिकाश र सुशासनको चाहना राख्ने जनतालाई निरास बनाएको छ । बर्तमान सरकारले कारीब दुइ बर्ष सत्ता सञ्चालन गर्दा जनताको आशा र बिश्वाश लगभाग पुरै गुमाइ सकेको मात्रै छैन समग्र राजनितिलाई नै नरम्ररी बदनाम गराएको छ ।

अब सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले बिकाश र सुशासनका बारेमा कुनै नयाँ योजना र प्रतिबद्दता सार्बजनिक गरे पनि त्यसलाई सत्तारुढ दलका कार्यकर्ताहरुले चुप्चाप सुनी दिने बाहेक अरु कसैले पत्याउने अवस्था लगभाग समाप्त भएको छ, योसो हुनु सरकार र सत्तारुढ पार्टिका लागी मात्रै नभएर बर्तमान राजनितिक ब्यबस्था र लोकतन्त्रमाथीकै दिर्घकालिन चुनौती समेत हो ।

खास गरी पूर्वमन्त्री एबम शक्तिशाली प्रधानमन्त्रीका सर्बाधिक बिश्वाशपात्र गोकुलप्रसाद बाँस्कोटाले घुस मागेको अडियो सार्बजनिक भए पछी उक्त प्रकरब र गोकुलप्रसाद बाँस्कोटामाथी छानबिन गर्ने तत्परता नदेखिनु र उनलाई अझै प्रधानमन्त्रीको छाहारी प्राप्त हुनुले बर्तमान ओलि सरकारबाट भ्राष्टाचार नियण्त्रण र देश र जनताका हित गर्ने काम हुन्छ र मक्काएर लगभाग खिया परिसकेको कर्मचारी प्रशासनलाई बर्तमान स्थिर सरकारले ठिक ठाउमा ल्याउछ भन्ने जनअपेक्षा माथी सरकारले निर्मम प्रहार गरेको छ ।

पूर्वमन्त्री बाँस्कोटाले घुस मागेको अडियो प्रधानमन्त्री ओली र प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका पदाधिकारीले पहिले नै सुनी सकेको तथ्या समेत बाहिरिदा थाहा भइसकेर पनि चुपचाप रहनु भनेको उक्त प्रकरणमा प्रधानमन्त्री सम्लग्न छन भन्ने कुराको सिधा प्रमाण हो ।त्यसमाथी पूर्वमन्त्री बाँस्कोटाले राजिनामा दिएको केहि समय बितिसक्दा समेत उनि माथी छानबिन गर्नु त कता हो कता उल्टै अझै उनलाई प्रधानमन्त्रीको छहारी प्राप्त हुनु भनेको निर्लज्जता र सत्ता दुरुपायोगको चरम नमुना हो । यती हुँदा सम्म पनि प्रधानमन्त्रीले कुनै जवाफ नदिने हो भने के नैतिकताका दृष्टिले प्रधानमन्त्रीले पदमा रहिरहनु उचित हो ? अब नागरिकहरुले प्रश्न सोध्नुपर्छ ।

प्रतिपक्षी पार्टिमा समेत प्रतिपक्षी पार्टिमा हुनुपर्ने गुणहरु पर्याप्त नदेखिएका बेला सञ्चारमाध्यम र नागरिक स्वयम भ्रष्टाचार र चरम सत्ता दुरुपयोगको बिपक्षमा उभिनुपर्ने समय आएको छ र केहि हदसम्म त्यो भइ पनि रहेको छ ।

राज्यकोषमा खुलेआम मनपरी गर्ने कार्यमा सम्लग्नहरुलाई तत्काल पदबाट तत्काल राजीनामा दिएर छानबिनको कटघरामा उभ्याउन अब नागरिक दबाब बढाउनुको अर्को बिकल्प देखिदैन ।मुलुकलाई थप क्षति हुन नदिन प्रतिपक्षी पार्टी र नागरिक समाज एकताबद्द भएर सत्ता दुरुपयोगको बिपक्षमा उभिन अब ढिला नहोस, हाम्रो आग्रह छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : ०० बजे