सोलुखुम्बु कांग्रेसमा नेता कार्कीले ल्याए पहिलो मत



नेपाली कांग्रेस उद्योग-ब्यापार बिभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्की सोलुखुम्बु जिल्ला अधिबेशनबाट सबै भन्दा बढी मत ल्याएर महाधिबेशन प्रतिनिधि निर्बाचित भएका छन ।नेता कार्की निर्बाचनमा खसेको मत ८ सय ८२ मध्ये ५ सय ५२ मत प्राप्त गर्दै निर्बाचित भएका हुन ।

राजनितीसगै आफुलाई समाजसेवामा समर्पित गरेका कार्की अघिल्लो निर्बाचनमा सोलुखुम्बु जिल्ला प्रदेश सभा (क)बाट नेपाली कांग्रेसको उम्मेद्वार समेत हुन ।सोलुखुम्बु कांग्रेसमा पटक पटक आइरहने राजनितिक बिबाद र अन्त्यहिन गुटबन्दी समाप्त गर्न  नेता कार्किले जिल्लामा अभियान नै चलाएका थिए ।

पार्टिलाई एकजुट र संस्थागत बनाउन खेलेको भूमिका र राजनितिसगै गरेको समाजसेवाका कारण यसपटकको जिल्ला अधिबेशनले पहिलो मतसहित कार्किलाई जिल्लाको लोकप्रिय नेताका रुपमा स्थापित गरेको कांग्रेसका नेता कार्यकर्ताहरुको भनाइ छ ।

खुल्ला १० महाधिबेशन प्रतिनिधिमा कार्किसगै सोलुखुम्बुका पूर्व पार्टी शभापती आङ गेलु शेर्पा, कांग्रेस नेता एबम पर्यटन ब्यबसायी आङ छिरिङ शेर्पा,खिलराज बस्नेत,भोजराज कार्कि,कुशराज राइ,नातिकाजी गुरुङ्,मनोज खड्का,मंगलसिं तामाङ र नबिन थापा निर्बाचित भएका छन ।

प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार  ९ : ४२ बजे