५ मंसिर काठमाडौं। प्रधानन्यायाधी चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित कानुन व्यवसायीले गृहमन्त्रीको राजीनामा मागेका छन् । उनिहरुले जबराबिरुद्ध आजपनि सर्बाेच्चमा बिरोध प्रर्दशन गरेका छन् ।
सर्बाेच्चमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपुर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै उनिहरु गृहमन्त्रीप्रति आक्रोसित भएका छन् । जबराको राजीनामा माग्दै बिरोध गरेका उनिहरुले सोहिक्रममा आज गृहमन्त्री बालकृष्ण खाँडको पनि राजीनामा मागेका छन् ।
आजको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् । मंसिर २ गते कानुन व्ययसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।








