उधोगपती विनोदकुमार चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।
नवलपुर क्षेत्र नं १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन । चौधरी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।
नवलपुरमा सोमवार दुई वटा सङ्घीय निर्वाचन क्षेत्रमा मनोनयन भएको छ । मङ्गलवार मतदानबाट सम्पन्न हुने अधिवेशनले दुई वटा क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।








