नेपाली कांग्रेस ओखलढुंगाको १४ औं जिल्ला अधिवेशनमा दुइपक्ष विच लफडा भएको छ । आज हुने मतदान अगाबै संस्थापन पक्षले मतपत्र आउट गरेर मतदानस्थल बाहिरै भोट लगाउन लगाएको भन्दै संस्थापन इतकको समूहले विरोध जनाएको हो । विहान १० बजे मतदान सुरु हुने भनेर मदतादाहरुलाई लाइन बसाइसकेपछि हुबहु मतपत्र साहिरीएको पाइएको भन्दै एकछिन मतदान स्थलमा दुइ पक्षविच तनाव उत्पन्न भएको भयो ।
जिल्ला सभापति प्रदीप कुमार सुनुवारको निर्देशनमा मतपत्र छापेर मतदाताहरुलाई बाहिरै बाडेको भन्दै अर्को पक्षका कार्यकर्ताहरुले विरोध जनाएका छन्् । लोकतान्त्रीक पार्टीमा मदतदाताले आफ्नो विवेकको मत जाहेर गर्न पाउने अधिकारलाई वर्तमा नेतृत्व लगायतका पदाधिकारीहरुले कुण्ठीत गरेको जिल्ला सचिवका उमेद्वार विनोद केसीले बताए । मतदाताको स्वविवेकीय अधिकारलाई कुण्डीत गरी मतदातालाई कोठामा थुनेर राख्ने, नेताहरुलाई भेट्न नदिने हर्कतले घरमै मतपत्रमा टिक लागएर ल्याएको आशंका गरिएको उनको भनाइ छ ।
संस्थापन इतर पक्षका नेता कार्यकर्ताहरुले पार्टी सभापति समूहले मतदान निर्वाचन समितिसंगको सेटीङमा नेताहरु समेत बसेर मतपत्र छापाइ गर्ने र मतदाता समक्ष पुर्याएर फर्जी काम गरेको आरोप लगाएका छन् । गत ५ गते भएको प्रदेश सभाको मतगणनामा खाली मपत पत्र समेत भेटीएको हुँदा उक्त मतदामा आंका भएकाले प्रदेश सभाको मतदान पूनः मतदान गर्न कार्यकर्ताले माग गरेका छन् । निर्वाचन समितिले छापेको मपपत्रकै आकार र रंगमा छापेर चिनो लगाएको मतपत्र तेजन खनाल समूहका अधिकांश मतदाताका हातहातमा भेटिएको छ ।
एउटा गुटले पार्टी कब्जा गर्ने र लोकतान्त्रीक पद्धतिलाइनै खतम गर्ने अभिप्रायका साथ वर्तमान सभापति समूहले सुनियोजित रुपमा यस्तो कार्य गरेको उपसभापतिका उमेद्वार कमल तामाङले बताए । पार्टीको १४ औ जिल्ला अधिवेशनमा रामचन्द्र पौडेल समूहका नेता बालकृष्ण दाहाल प्यानल र शेर बहादुर देउवा निकटका नेता तेजेन्द्र खनालको प्यानल विच प्रतिष्पर्धाका देखिएको छ । पार्टीको आन्तरिक अधिवेशनमा आम निर्वाचन भन्दा तडक भडक बनाइएको छ । विवाद भएपछि मदतान सुरुनै नगरी स्थगित गरिएको र आचारसंहिताका विषयमा छलफल भैरहेको निर्वाचन अधिकृत उज्जल श्रेष्ठले जानकारी दिए । मतदानस्थलमै लफडा भएपछि मतदाताहरु तितरवितर भएका छन् ।









