नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदका लागि उमेदवारी दिने घोषणा गरेका छन् ।परियारले मंगलबार पत्रकार सम्मेलन गरेर समावेशीतर्फ दलित सहमहामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
उनले संस्थापन इतर समूहबाट सहमहामन्त्रीबाट उम्मेदवार बन्ने घोषणा गरे । पोखरास्थित पीपएन क्याम्पसबाट नेविसंघको राजनीतिमा प्रवेश गरेका परियार संविधान सभा सदस्य रहेका थिए भने १२ औ महाधिवेशनबाट निरन्तर केन्द्रीय सदस्य रहेका छन् । उनले १४औँ महाधिवेशनका लागि पार्टीले बनाएको क्रियाशील छानबिन समितिमा बसेर काम गरिसकेका छन् ।








