नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता नहुने बताएका छन् । संविधानमै उल्लेख गरिएको यो विषयमा उनले यसअघि पनि विमति जनाउँदै आएका थिए ।
“धर्म निरपेक्षता होइन सापेक्ष हुनुपर्छ,” उनले भने ।कोइरालाले कांग्रेस नीति छोडेर नेतृत्वमा केन्द्रीत हुनु दुखद भएको भन्दै त्रुटीहरु सुधारेर संविधान कार्यान्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।








