ओलीको सासनबाट मुक्ति पाउदा जनताले खुशी मनाए : सभापति देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको सासनबाट मुक्ति पाउदा जनताले खुशी मनाएको बताएका छन् ।१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए ।

उनले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए ।उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे ।‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु ।’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने ।

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  ६ : ५८ बजे