महामन्त्रीमा प्रदिप पौडेल बलियो अवस्थामा : यस्तो छ अंकगणीत



नेपाली कांग्रेसका युबा नेता प्रदिप पौडेलले पार्टिको संस्थापन (देउबा) समुहबाट महामन्त्रीमा उम्मेद्वारी दर्ता गराएका छन् ।नेता कृष्ण प्रसाद सिटौला र प्रधानमन्त्री शेर बहादुर देउबाबिचको सहमतिबाट महामन्त्रीमा फाइनल भएसगै पौडेलले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा जित्नका लागी नेता पौडेल सजिलो र बलियो अवस्थामा रहेको कांग्रेसका नेताकार्यकर्ताहरुको बुझाइ छ ।संस्थापन र सिटौला समुह मिल्दा त्यसैपनी महाधिबेशन प्रतिनिधिहरुको ठुलो सङ्ख्या छ ,झनै संस्थापन इतर समुह सभापती र पदाधिकारिमा समेत बिभाजित भएपछी पौडेल मजबुत बनेको कांग्रेसभित्र चर्चा छ ।

कांग्रेसको यो महाधिवेशनमा देशैभरिबाट युबा बिधार्थी प्रतिनिधिहरु बढी आएका छन । त्यसको लाभ पनि उनले उठाउनेछन ।नेता पौडेल लामो समय नेबिसंघमा काम गरेर संघको चितवन अधिबेशनबाट अत्याधिक मत सहित अध्यक्षमा निर्बाचित भएका थिए ।पार्टी भित्र भद्र सालिन र बैचारिक नेताको छबी बनाएका पौडेल युबा बिधार्थी माझ झनै लोकप्रिय मानिन्छन ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ६ : ०७ बजे