गायिका कोमल वलीलाई एमाले दाङ सहइन्चार्जको जिम्मेवारी



नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सह इन्चार्जको जिम्मेवारी दिएको छ । १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले वलीलाई सह इन्चार्ज तोकेको हो ।

दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन् । अन्य सह इन्चार्जमा गंगा सत्गौवा, मेनका पोखरेल, घनश्याम पाण्डे र सीता न्यौपाने छन् । उनीहरु सबै केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार  ५ : २२ बजे