केन्द्रीय सदस्य खुलातर्फको मतगणना १० बजेबाट सुरू हुँदै



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्बाचनमा केन्द्रीय सदस्य खुलातर्फको मतगणना आज सुरु हुँदैछ ।

बिहान १० बजेबाट मतगणना सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

मतगणनामा उमेदवार र एकएकजना प्रतिनिधि उपस्थित हुन निर्वाचन समितिले अनुरोध गरेको छ ।

प्रकाशित मिति : पुस ३, २०७८ शनिबार  ८ : ५१ बजे