मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ : भीम रावल



नेकपा एमालेका नेता भीम रावलले उनलाई सल्लाहकार परिषद्को सदस्यमा नियुक्त गरिएकोप्रती अपत्ती जनाएका छन्।

उनले ट्वीटरमा भनेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

एमालेले नेता रावललाई सल्लाहकार परिषद्को सदस्यमा नियुक्त गरिएको बताएको थियो। तर रावलले आफूलाई यसबारेमा कुनै जानकारी नरहेको र ‘टीके’ प्रणालीको विरोधमा रहेको बताएका छन्।

 

प्रकाशित मिति : पुस ३, २०७८ शनिबार  ५ : २३ बजे