कांग्रेस खुला केन्द्रीय सदस्य : ५१ प्रतिशत मतगणनामा एक हजार कटाउने यी २१ जना नेता



नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा २१ जना नेताले एक हजार मत कटाएका छन् ।

राति ११ बजेसम्म भएको २३९३ मत गणनामा सबैभन्दा बढी मत डा शशांक कोइरालाले १९७१ ल्याएका छन् । दोस्रो स्थानमा रहेका एनपी साउदले १५३८ मत पाएका छन् । तेस्रो स्थानमा गृहमन्त्री बालकृष्ण खाँडले १५०७ मत पाएका छन् ।

४६८२ मध्ये बाँकी २२८९ मतको गणना भोलि विहान ९ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् । अन्तिम परिणामबाट ६४ जना बाहिरिनेछन् ।

एक हजार मत कटाउने नेताहरु

१० डा शशांक कोइराला – १९७१

२० एनपी साउद – १५३८

३० बाल कृष्ण खाँण – १५०७

४० रमेश लेखक – १४५१

५० ज्ञानेन्द्र बहादुर कार्की – १४२३

६० उदय सम्शेर राणा – १४४५

७० रामहरी खतिवडा – १३९५

८० अर्जुननरसिंह केसी – १३८३

९० गोपाल मान श्रेष्ठ – १३२३

१०० जिप छिरिङ लामा – १३१२

११० जितजंग बस्नेत – १२८३

१२० नैन सिंह महर – १२८२

१३० डा रामशरण महत – १२८१

१४० सुनिल बहादुर थापा – १२४६

१५० बल बहादुर केसी – १२३३

१६० दिलेन्द्र प्रसाद बडु – १२३१

१७० मोहन बहादुर बस्नेत – १२०२

१८० दिपक गिरि – ११७४

१९० सुरेन्द्र राज पाण्डे – ११५१

२०० कुन्दन राज काफ्ले – ११४३

२१० सन्जय कुमार गौतम – १००१

प्रकाशित मिति : पुस ४, २०७८ आइतबार  ९ : ३० बजे