माओवादीको राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि थपिए, १० प्रतिशत प्रचण्डले मनोनीत गर्ने



नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिको संख्या बढाएको छ । नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्नेगरी प्रतिनिधिको संख्या बढाइएको शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

१० प्रतिशत प्रतिनिधि मनोनयनको जिम्मा बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको पनि उनले जानकारी दिए । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्याएको हो ।

यसअघि करिब १५०० प्रतिनिधि सहभागी हुने भनिएपनि अन्तिम समयमा संख्या बढाइएको हो ।महरका अनुसार १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने भएको छ ।

प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार  ६ : ५१ बजे