कांग्रेस उपसभापती गुरुङले पार्टी कार्यलय सानेपाबाटै नियमित भेटघाट गर्ने



नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङले आफ्नो नियमित भेटघाट पार्टी केन्द्रिय कार्यलय बिपीनगर सानेपामा गर्ने भएका छन् ।उपसभापती गुरुङले शनिबार सामाजिक सञ्जालमार्फत पार्टी कार्यलय सानेपामा भेटघाट गर्ने जानकारी गराएका हुन् ।

भोली (आसितबार) देखी नै पार्टी कार्यलयमा भेटघाटका लागी उपलब्ध हुने जानकारी गराउदै उनले ट्विटरमा लेखेका छन्, “भ्याली बाहिर नगएको र बिशेष कार्यक्रम नपरेको अबस्थामा भोलि २०७८ पौष ११ गतेबाट सामन्यतया ११ बजेदेखि ३ बजेसम्म म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछु।”

नेताहरुले आफ्नो निजी निबासबाटै पार्टिका काम र भेटघाट गरेर पार्टी कार्लयलाई उपेक्षा गर्ने गरेको भन्दै पटक पटक  आलोचना हुने गरेको छ ।पार्टिका काम र भेटघाटलाई पार्टी कार्यलयबाटै गर्ने नेता गुरुङको घोषणालाई सबैले सकारात्मक प्रयास भनेका छन्।

प्रकाशित मिति : पुस १०, २०७८ शनिबार  ६ : ५९ बजे