नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङले आफ्नो नियमित भेटघाट पार्टी केन्द्रिय कार्यलय बिपीनगर सानेपामा गर्ने भएका छन् ।उपसभापती गुरुङले शनिबार सामाजिक सञ्जालमार्फत पार्टी कार्यलय सानेपामा भेटघाट गर्ने जानकारी गराएका हुन् ।
भोली (आसितबार) देखी नै पार्टी कार्यलयमा भेटघाटका लागी उपलब्ध हुने जानकारी गराउदै उनले ट्विटरमा लेखेका छन्, “भ्याली बाहिर नगएको र बिशेष कार्यक्रम नपरेको अबस्थामा भोलि २०७८ पौष ११ गतेबाट सामन्यतया ११ बजेदेखि ३ बजेसम्म म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछु।”
नेताहरुले आफ्नो निजी निबासबाटै पार्टिका काम र भेटघाट गरेर पार्टी कार्लयलाई उपेक्षा गर्ने गरेको भन्दै पटक पटक आलोचना हुने गरेको छ ।पार्टिका काम र भेटघाटलाई पार्टी कार्यलयबाटै गर्ने नेता गुरुङको घोषणालाई सबैले सकारात्मक प्रयास भनेका छन्।
प्रिय साथीहरू!
जय नेपाल।
भ्याली बाहिर नगएको र बिशेष कार्यक्रम नपरेको अबस्थामा भोलि २०७८ पौष ११ गतेबाट सामन्यतया ११ बजेदेखि ३ बजेसम्म म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछु।
भेटघाट गर्नुपर्ने काम परेमा केन्द्रीय कार्यालयमै भेटौंला है। pic.twitter.com/HjyT0nkIyr— Dhan Raj Gurung (@dhanrgrg) December 25, 2021










