राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रूपान्तरण गर्ने माओवादी केन्द्रको निर्णय



नेकपा (माओवादी केन्द्र)को शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटीको उक्त निर्णय भोलि बिहान ८ बजे पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गराइने प्रबक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

प्रकाशित मिति : पुस १०, २०७८ शनिबार  ७ : ४१ बजे