माओवादी केन्द्रले १५ पदाधिकारी राख्ने: वरिष्ठसहित ७ उपाध्यक्ष र ३ सचिव



नेकपा माओवादी केन्द्रले १५ पदाधिकारी राख्ने भएको छ । केन्द्रीय समितिको भर्खरै सकिएको बैठकले पास गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ । उदघाटन समारोहमा सहभागी माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ ।

प्रकाशित मिति : पुस ११, २०७८ आइतबार  १० : ५५ बजे