अध्यक्ष वस्नेतको प्रतिवद्धताः निष्ठा र इमान्दारिताका साथ अघि बढ्छु



नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निष्ठा र इमान्दारितालाई सदैव आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कांग्रेसको नव निर्वाचित केन्द्रीय सदस्य समेत रहेका वस्नेतले आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस भब्य रुपमा मनाउन आफु मातहत जिल्ला कार्यसमितिहरुलाई परिपत्र जारी गर्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

वस्नेतले परिपत्र जारी गर्दै पुस १६ गते नेपाली कांग्रेस र सिंगो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन भएकाले पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्न र संगठनका तर्फबाट थप अतिरिक्त रचनात्मक कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

त्यस्तै बस्नेतले पार्टीको केन्द्रीय सदस्य पदमा विजयी गराउन सहयोग गर्ने तरुण दल आवद्ध सबैलाई धन्यवाद पनि दिएका छन् । कांग्रेसको कुनै पनि भातृ संस्थाको अध्यक्ष पार्टीको केन्द्रीय सदस्यमा विजयी भएपछि अध्यक्ष स्वतः पदमुक्त हुने व्यवस्था छ । कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार दफा ४२ को उपदफा १ मा भातृ संघको पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा भातृ संघको पद रिक्त हुने व्यवस्था छ ।

 

प्रकाशित मिति : पुस १४, २०७८ बुधबार  १२ : ४९ बजे