प्रतिवेदनमा उठेका प्रश्नमाथी आज प्रचण्डको जवाफ



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले   दिउँसो १ बजेबाट हुने आजको बन्दसत्रमा प्रतिवेदनमा उठेका प्रश्नहरूको   जवाफ दिदैछन् ।समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका थिए ।निर्वाचन आयोगको प्रतिवेदन, लेखा आयोग र अनुसासन आयोगको प्रतिवेदन पारित भएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।

प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार  १० : ३६ बजे