प्रहरी प्रधान कार्यालयले नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई धम्की दीने प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । सभापति यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दीएको हो ।पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । एसपी पाण्डेमाथि अनुसन्धान जारी छ, उनले भने, अनुसन्धानलाई सहयोग पुर्याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।
इसअघी नेपाली कांग्रेस सिरहाका सभापति यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १स्२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएकाथीए ।








