विधिवत महाधिवेशनबाट निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन : केन्द्रीय सदस्य चौधरी



नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको बिधिवत महाधिवेशनबाट निर्वाचित भएकोले रोइलो गर्नुको कुनै तुक नभएको प्रतिक्रीया दिएका छन्।कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा केन्द्रीय सदस्य (मधेसीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरी चौधरी विजय हुँदा सोही पदका लागि प्रतिस्पर्धा गरी पराजित भएका सिरहाका सुभाषचन्द्र यादवले प्रश्न उठाएपछी चौधरिले यस्तो प्रतिक्रीया दिएका हुन ।

एक प्रेस नोट जारी गर्दै चौधरीले भनेका छन्, ‘विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’

उनले थप भनेका छन “‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो। यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन। नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन।,’यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ ।”

चौधरिले आफ्नो सपना समृद्ध नेपाल निर्माण गर्ने भएको र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन राजनीतिमा आएको पनि उल्लेख गरेका छन ।

प्रकाशित मिति : पुस २२, २०७८ बिहिबार  २ : ४४ बजे