कम्युनिष्ट घटकको बन्दले जनजीवन प्रभावित,काठमाडौंमा सामान्य असर



संसदबाट एमसीसी अनुमोदन भएसँगै विराेधमा आह्वान भएकाे बन्दका कारण देशभरको जनजीवन प्रभावित भएकाे छ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दकाे घाेषणा गरेका हुन् ।

काठमाडौं उपत्यकामा बन्दको सामान्य असर परेको छ । सवारी साधनको चाप घटेको छ । निजी दुई पाङ्ग्रे सवारी साधनहरु भने निर्वाध चलिरहेका छन् ।

काठमाडौं उपत्यका बाहिर सवारी चलेका छैनन् । लामो दूरीका यातायात ठप्प छन् । बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

राष्ट्रिय जनमोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, आहुती संयोजक रहेको वैकल्पिक समाजवादी कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंहको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकीको पार्टीले नेपाल बन्द आह्वान गरेका हुन ।

प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार  ८ : १२ बजे