एमसीसी अनुमोदन गरेर देशले निकाश पायो : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी अनुमोदन गरेर देशले निकाश पाएको बताएका छन् ।

शुक्रबारदेखि राष्ट्रिय सभागृहमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

एमसीसी अनुमोदन नगरेको भए बर्तमान सरकार र गठबन्धन नरहने जिकिर गर्दै उनले एमसीसी अनुमोदन नगर्दा फेरी राजनितिक अस्थिरता र अनिश्चय आउने खतरा रहेको बताए ।

प्रचण्डले एमसीसीको संसदबाट भएको अनुमोदन स्वीकार गरेर अब चुनावतर्फ केन्द्रित हुन सबै केन्द्रीय सदस्यहरुसँग आग्रह पनि गरे।

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आगामी ३ दिनसम्म चल्नेछ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ ।

 

प्रकाशित मिति : फाल्गुन २०, २०७८ शुक्रबार  ४ : ५४ बजे