माओवादीको केन्द्रीय समिति बैठक स्थगित, पदाधिकारी चयनमा मिलेन कुरा



नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

बैठक आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको थियो ।

बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको एक नेताले बताए ।

पदाधिकारी चयनमा कुरा मिल्न नसकेपछी बैठक स्थगित भएको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७८ आइतबार  १ : १३ बजे