नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति को हुन् ?



मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालेर पक्राउ परेका व्यक्ति सुन चोरीमा संलग्न रहेको बताइएको छ ।

यसअघि सुरुमा आतंकवादी गतिविधिमा संलग्न व्यक्ति पक्राउ परेको खबर बाहिरिएको थियो ।

काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको जहाजबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
उनको डोटी जिल्लामा सुन पसल छ ।

केही समयअघि भारतबाट सुन चोरर केही व्यक्ति कैलाली आएको सूचनाका आधारमा प्रहरीको विशेष ब्यूरोले अनुसन्धान गरेको थियो ।
काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचना आएपछि सबैलाई बाहिर निकालिएको थियो ।

स्रोतका अनुसार कैलालीबाट विशेष ब्यूरोको टोलीले केन्द्रमा खबर गरेको थियो । सोही आधारमा काठमाडौंको टोली विमानस्थल पुगेको थियो ।

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ४ : २७ बजे