बुधबार एकैदिन ९१५ जनामा सङ्क्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।६ हजार २ जनाको परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन । त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४३३ पुगेको छ ।

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ५ : १९ बजे