मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध



पहिरोले बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध भएको छ ।

मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीवार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले बताए।

सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो ।

सडक अबरुद्ध हुँदा बेसिशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी बेसिशहरतर्फ र मनाङबाट बेसिशहर आउदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छ्न ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : ०५ बजे