मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन



राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गई दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकि छीन् ।

मूल मन्दिरभित्र प्रवेश गरि राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए । 

पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उहाँ सहभागी हुनुभएको थियो । राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आएकि छीन् । साउनको चौथो सोमबार आज विगतका सोमबारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । आज बेलुकीसम्म पनि भक्तजनको भीड रहेको छ । बेलुकी पानी परेकाले भक्तजनलाई केही बाधा पुगेको थियो ।

पशुपतिनाथमा आज १६० जनाले विशेष पूजा गरेका छन् । साउनको सोमबार रु सात हजार ५०० को विशेष पूजाको रसिद काट्ने गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : १३ बजे