मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राधिकरणले विपद् व्यवस्थापन जानकारी दिन ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने



राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने भएको छ ।

इ–लर्निङ प्लेटफर्म मार्फत विपद्का विषयमा आधारभूत जानकारी उपलब्ध गराइने प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले बताएका छन् ।

इलर्निङ्ग प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ ।

विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमभित्र चारवटा शत्र राखिएका छन् । लैङ्गिक समानता सम्बन्धी पाठ्यक्रमभित्र तीनवटा शत्र राखिएका छन् ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव डा। भट्टराईले आगामी दिनमा यसलाई थप परिस्कृत गर्दै लैजाने प्राधिकरणको उद्धेश्य रहेको बताए ।

विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाहरुका लागि यो प्लेटफर्म उपयोगी हुने प्रवक्ता डा। भट्टराईको भनाई छ ।

इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रुपमा पहुँच पुर्याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपद्बारे बुझ्न मद्दत गर्ने प्राधिकरणको विश्वास छ ।

इलर्निङ्ग प्लेटफर्म प्राधिकरणले योङ्ग इनोभेसन र सम्बन्धित विषय विज्ञहरु वंशीकुमार आचार्य, राजकुमार त्रिखत्री र श्यामसुन्दर ज्ञवालीको सहकार्यमा तयार गरिरहेको हो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १२ : ३८ बजे