नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि सोमबार बिहान अदालत लगिएको छ ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा गत बिहीबार पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
उनलाई सोमबार बिहान पछाडिको ढोकाबाट जिल्ला अदालत काठमाडौँ लगिएको हो ।
१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएकी थिएइन् । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए ।










