बलात्कारको अभियोगमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि अदालतले चार दिनको म्याद थप गरेको छ ।
आज बुधबार जिल्ला अदालत काठमाडौँ लगिएका उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति उनका वकिल सरोज कुमार घिमिरेले जानकारी दिए ।
घिमिरेले भने,’प्रहरीले सात दिन मागेको थियो । सात दिन माग्दा सार्वजनिक विदाका कारण तिहारपछि जान्छ । त्यसैले तिहार अघि नै चार दिन पछि आइतबार प्रतिवेदन सहित ल्याउन अदालतले आग्रह गरेको छ ।’
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।










