मुस्ताङको प्रदेशसभा (२) मा कांग्रेसका शेरचन विजयी



हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा ९२०मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बनेका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरे ।
दुई हजार सात सय २३ मत सहित शेरचन विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरेका थिए । नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्य थिए । मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फका सबै स्थानमा कांग्रेस विजयी बनेको छ ।

प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार  ७ : ५० बजे