देशमा सामाजिक र राजनितिक अराजकता बढ्यो : गुरु बराल



काठमाडौँ, २५ जेठ । नेपालि कांग्रेसका केन्द्रिय सदस्य गुरु बरालले देशमा सामाजिक र राजनितिक अराजकता बढ्न थालेको टिप्पणी गरेका छन । पछिल्ला घटनाक्रमहरुप्रती सामाजिक सञ्जालमार्फत नेता बरालले यस्तो टिप्पणी गरेका हुन ।

‘के भइरहेको छ देशमा ? के हो कुटनैतिक सम्बन्ध ? कस्तो सम्बन्ध बनाउँदा हामी समृद्धि ल्याउन सक्छौ ? मेरो अधिकार र जिम्मेवार के हो ? मैले बोल्दा ,लेख्दा मेरो देश र समाजलाई के प्रभाब पर्लारु म कुन संविधान र कानुनको परिधिभित्र बस्नु पर्ने हो ? यी र यस्तै धेरै सवालहरुको दायित्व नहुदा आज नेपाल अराजकता , असफलता तिर लम्किदै छ, चर्चा बटुल्ले नाममा संसद उपहास र जोकरीको थलो बनेको छ, उनले प्रश्न गर्दै भनेका छन् ,

संचार माध्यम र सामाजिक संजाल देशप्रतिको दायित्व भुलेर नकारात्मकता उत्पादन गर्ने उधोग बनेको उनको आरोप छ ।

बरालले नेपालमा सस्तो लोकप्रियता आतंकबादको रुपमा अघि बढेको भन्दै सबै तह र तप्काका नागरिक जिम्मेवार नहुने हो भने नेपाललाई शान्त , सम्बृद्द र स्थित राख्न नसकिने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०८० बिहिबार  ९ : ४४ बजे